सुनाखरी न्युज / बिहारमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा पिएर बिरामी परेका १४ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने जनाइएको छ। त्यसैगरी, अन्य ६ जनाले आँखाको ज्योति गुमाएको बताइएको छ।
मदिरा सेवनपछि बिरामी भएकामध्ये ११ जनालाई पटना मेडिकल कलेज अस्पताल र तीन जनालाई गोरखपुर अस्पतालमा भर्ना गरिएको छ। स्यानिटाइजर बनाउने बहानामा कोलकाताबाट ल्याइएको ‘स्पिरिट’ बाट नक्कली मदिरा उत्पादन गरिएको बिहारका प्रहरीले बताएका छन्।
प्रहरीले विषाक्त मदिरा बिक्री गरेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ भने अनुगमन नगरेको आरोपमा दुई जना अधिकारीलाई निलम्बन गरिएको छ। एजेन्सी