२०८१ मंसिर २ , आइतवार

वाग्मतीका नवनियुक्त ८ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

सुनाखरी न्युज/ काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

 

नेकपा एमालेबाट मन्त्रिपरिषद्‌मा एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशव पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट युवराज दुलालले भौतिक पूर्वाधार विकास, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । राप्रपाका डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी तथा राजु विष्ट वन तथा वातावरण मन्त्रालयको जिम्मेदवारी प्राप्त गरेका छन् ।

विनाविभागीय मन्त्री रहेका उद्धव थापाले खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । एमालेबाट यसअघि जगनाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् । वाग्मतीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् भएको छ । प्रदेशमा मन्त्रालयको संख्या १४ बाट घटाइएको हो ।