२०८१ आश्विन ६ , आइतवार

‘कामिनो’ फिल्ममा नयाँ लुक्समा देखिँदै प्रदीप खड्का

 

सुनाखरी न्युज / काठमाडौँ  – प्रेमी गीत अभिनेता प्रदीप खड्कालाई दर्शकले अब नयाँ फिल्म ‘कामिनो’ मा हेर्न पाउने भएका छन् । दीपक ओलीको निर्देशनमा निर्माण हुने ‘कामिनो’ को थीम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।अभिनेता प्रदीपले स्क्रिप्ट तथा निर्माण टिम मन परेकाले आफू फिल्म खेल्न तयार भएको बताएका छन्। प्रदीप र निर्माण टिमबीच गत शुक्रबार औपचारिक सम्झौता भएको हो।

 

‘कामिनो’ को बुधबार थिम पोस्टर सार्वजनिक गरिएको छ । फिल्ममा प्रदीपबाहेक अन्य कलाकार छनोट गर्न बाँकी छ। ‘प्रेम गीत–३’पछि उनले कुनै फिल्म साइन नगरेका प्रदीपले स्क्रिप्ट र टिम मन परेकाले फिल्म गर्न राजी भएको बताए । प्रदीप र ‘कामिनो’ निर्माण पक्षबीच केही दिन अगाडि फिल्म निर्माण घोषणा भएको थियो । नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायाङ्कन हुने फिल्म प्रेम, रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताए । चैत्र तेश्रो साताबाट छायाङ्कन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्नेछन् ।

 

फिल्ममा एसडि योगी र अलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन छ ।एक्सेस नेपाल फिल्म्स ब्यानरमा निर्माण हुने फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन्। स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन्। नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायांकन हुने फिल्म प्रेम, रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताए।

 

चैत्र तेस्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको फिल्म सौरभ लामाले खिच्नेछन्। पूर्ण लामा क्रियटिभ डिरेक्टर र सुनिल विष्ट गौली कार्यकारी निर्माता रहेको फिल्ममा एसडी योगी र अलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्सन डिजाइन रहेको छ। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा अमृतमान ओली छन्। यो फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा प्रदर्शन हुनेछ।