२०८१ मंसिर १० , सोमवार

सुपर माई हाइड्रोपावरले माघ २३ बाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने

IPO

सुनाखरी न्युज/ काठमाडौं । सुपर माई हाइड्रोपावर लिमिटेडले यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।

 

कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो। जसअनुसार १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ जारी गरिनेछ। कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५० कित्ता हजार सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ। त्यस्तै ५ प्रतिशतले हुन आउने २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १० हजार कित्ता कर्मचारीलाई छुट्याएको छ। बाँकी ४ लाख १५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। यो आईपीओको निष्कासन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बैंकिङ समयपछि हुनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।