२०८१ मंसिर १० , सोमवार

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको हकप्रद शेयरको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको१:०.८८४५१६८को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १०० दरको २,३४,६८,००० कित्ता शेयरको हुने रु. २,३४,६८,००,००० (अक्षरेपी दुई अरब चांैतिस करोड अठसट्ठी लाख मात्र) बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागिनेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमानियुक्त भएको छ ।

 

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको कार्यालय पुतलीसडक, काठमाण्डौमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

 

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।