सुनाखरी न्युज/ काठमाडौं ।
भारतमा नयाँ आर्थिक वर्षका लागि बजेट घोषणा भएको छ । बजेट घोषणा गर्दै वित्त मन्त्री निर्मला सीतारमणले बुधबार आयकरसम्बन्धी नयाँ व्यवस्था गरेकी हुन् ।
मध्यमवर्गलाई राहत हुने गरी सरकारले आयकरमा छुट दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नयाँ आयकर स्ल्याबमा भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरिएको छ । यसअघि यो रकम ५ लाख थियो ।
एजेन्सी ।