सुनाखरी न्युज/ काठमाडौं । मानसी थेरापी (कोलकाता, भारत) रचेरिश नेपाल फाउन्डेसनको सहकार्यमा नेपालको ग्रामीण क्षेत्रका बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी चेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य सम्बन्धी चेतना फैलाउन सेमिनार सम्पन्न गरेको छ ।
फाउन्डेसनले मालपुर माध्यमिक विद्यालय(शौराहा,चितवन) र श्री जनजीवन विद्यालय(माडी, चितवन) गरी दुई फरक विद्यालयको भ्रमण गरेको थियो । सेमिनारमा मनोवैज्ञानिकको टोलीले एक सयभन्दा बढी विद्यार्थीलाई मानसिक स्वास्थ्यबारे सम्बोधन गरेको थियो । “सो अवसरमा मानिसहरूमा हुने नकारात्मक सोचाइ लाई दक्ष प्रशिक्षकद्वारा प्रदानगरिएको परामर्शले चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरू व्यवस्थापन गर्न मदतगर्ने”मनोवैज्ञानिक परामर्शदाता शिवानी शक्रानीले बताइन ।
“थेरापी वा काउन्सिलिङको उद्देश्य भनेको मानसिक स्वास्थ्यसँग सम्बन्धित चिन्ता, डिप्रेसन, तनाव, मनोवैज्ञानिक विकारहरू, तिनीहरूको जीवनका विभिन्न पक्षहरू (व्यक्तिगत र व्यावसायिक दुवै) मा समस्याहरूबाट गुज्रिरहेका मानिसहरू लाई सहयोग गर्नु हो। मानसिक स्वस्थता कायम राख्नु र सुधार गर्नु अर्को लक्ष्यहो जुन व्यावसायिक मद्दतबाट प्राप्तगर्न सकिन्छ”अर्को मनोवैज्ञानिक परामर्शदाता तारिका मोदीले बताइन ।