सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल साफ यू–२० वुमेन्स च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको छ । नेपालले मंगलबार भएको खेलमा उत्कृष्ट पुनरागमन गर्दै भारतलाई ३–१ ले हराएको हो । पहिलो हाफमा नेपाल एक गोलले पछाडि रहेको थियो ।
बंगलादेशमा भइरहेको च्याम्पियनसिपमा नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको हो । ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कलम स्टेडियममा भएको खेलमा नेपालका लागि अञ्चली चन्दले ४८, प्रिति राईले ६९ र अमिसा कार्कीले ८९ एकरएक गोल गरे ।
भारतका लागि भने अपूर्ण नर्जारीले एक गोल गरेकी थिइन् । कप्तान प्रितिले भने पेनाल्टीबाट गोल गरेकी हुन् । यो जितपछि नेपालको तीन खेलबाट छ अंक भएको छ ।