२०८१ मंसिर १४ , शुक्रवार

कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्ग बीच कर्जा सेवा सम्बन्धी सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । कामना सेवाविकास बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहाने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ्ग सँग मिति २०७९ साल माघ २९ गते आईतबारको दिन सम्झौता गरेको छ ।

 

यस सम्झौतामा कामना सेवाविकास बैंकका तर्फ बाट का.मु. कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक शास्वतजंग सिजापतीले एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

 

उक्त सम्झौता पश्चात सिप्रदी ट्रेडिङ्ग बाट टाटा ब्राण्ड्का विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवाविकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।