सुनाखरी न्युज / काठमाडौं । लोत्से मलमा मच्चाएको लुटपाटबाट मोबाइल व्यवसायी मारमा परेका छन । प्रहरीले आन्दोलनको उचित व्यवस्थापन गर्न नसक्दा चोरीको घटना हुन पुगेको उनको आरोप छ ।
आन्दोलनको क्रममा मलको सटर नै फोडेर मोबाइल पसल चोरी हुँदा आठदेखि नौ करोडको क्षति भएको व्यवसायी अर्जुन चालिसेले बताए । यसबारे प्रहरी वृत्त बालाजुमा पनि उजुरी भइसकेको छ ।
‘हामीले घटनाबारे प्रहरीमा उजुरी पनि दिइसकेका छौं,’ उनले भने, ‘तर अहिलेसम्म पनि प्रशासनबाट केही पनि सहयोग भएको छैन । यही घटना सार्वजनिक गर्न अहिले पत्रकार सम्मेलन गर्दै छौं ।’