सुनाखरी न्युज/काठमाडौ । कुटपिटको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई छाडिएको छ । मंगलबार राति मोरङको बेलबारी नगरपालिका-४ का जीवन कार्कीमाथि कुटपिट गरेको आरोपमा खतिवडा र रमेश भण्डारीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको थियो ।
बुधबार साँझ कार्की पक्ष र खतिवडाबीच मिलापत्र भएपछि उनीहरुलाई छाडेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार मंगलबार बेलुका बेलबारी-१ स्थित एक होटलमा बसी उनीहरुले मदिरा सेवन गरेको र त्यसक्रममा विवाद हुँदा उक्त घटना भएको हो ।
त्यसपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । हास्य कलाकार खतिवडा ‘म्याकुरी’ थेगोका कारण चर्चित छन् ।