२०८१ पुष २८ , आइतवार

धेरै चकलेट खाँदा हुन सक्छ यस्ता बेफाइदा

सुनाखरी न्युज/ काठमाडौं । चकलेट एउटा यस्तो खानेकुरा हो जो कसैलाई पनि मन पर्दछ । मुड खराब हुँदा होस् वा हल्का भोक लाग्दा कैयौं मानिस चकलेट खाने गर्दछन् । जसले उनीहरुलाई सन्तुष्टि प्राप्त हुन्छ ।

 

चकलेटमा पाइने एन्टी अक्सीडेन्टले फाइदा त गर्दछ तर चकलेट धेरै सेवन गर्दा भने शरीरलाई बेफाइदा हुन सक्छ । चकलेटमा पाइने क्याफिनका कारणले उच्च रक्तचापको खतरा हुन्छ । त्यसैले जसलाई उच्च रक्तचाप छ, त्यस्तो व्यक्तिले धेरै चकलेटको सेवन गर्नु हुँदैन ।

 

चकलेटमा धेरै फ्याट तथा क्यालोरी पाइन्छ जसले गर्दा यसको अत्यधिक सेवनले तौल बढ्ने सम्भावना धेरै हुन्छ । चकलेटमा हुने कोकोआले पिसाबको माध्यमबाट क्याल्सियम बाहिर निकाल्छ जसले गर्दा हड्डी कमजोर हुन सक्छ । डार्क चकलेटमा पाइने क्याफिनको मात्राले गर्दा धेरै सेवन गरेमा निद्रा नलाग्ने समस्या हुन सक्छ ।