२०८१ आश्विन ७ , सोमवार

‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टिभीबाट प्रसारण हुने

सुनाखरी न्युज/ काठमाडौं । हास्य कलाकार जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउने भएको छ ।

 

जितुले ‘कि एडभटाइजिङ’सँगै मिलेर निर्माण गरेको शो कहिलेबाट प्रसार हुने र कस्तो रहने भन्ने विषयमा कान्तिपुर टेलिभिजनले आज एक कार्यक्रम सहित घोषणा गर्दैछ । घोषणा कार्यक्रममा शो प्रसार मिति, प्रोमोको अलावा टिम समेत सार्वजनिक हुने कलाकार जितु नेपालले बताए । जितुको शोको यो नयाँ सिजनमा अध्यक्ष प्रियङ्का कार्की रहनेछिन् । यसअघि शोको अध्यक्षमा पहिले दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए ।

 

अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् । सुमन गिरी भाञ्जा कार्यक्रम संयोजक रहने शो निर्देशक दिनेश डिसी रहेका छन् ।