२०८१ माघ १ , मंगलबार

सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५% रहने आईएमएफको प्रक्षेपण

सुनाखरी न्युज/ काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

 

आईएमएफको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार नेपालले सन् २०२३ मा ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो। यो वर्ष नेपालको मुद्रास्फीति भने ७.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। नेपाल सरकारले भने चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। सन् २०२३ मा एसियाको आर्थिक वृद्धिदर भने ४.७ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्ष एसियाको आर्थिक वृद्धिदर ३.८ प्रतिशत रहने आईएमएफले प्रक्षेपण गरेको थियो।

 

आईएमएफले सन् २०२२ मा नेपालले ४.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको थियो। सन् २०२४ मा भने नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने आईएमएफको प्रक्षेपण छ। प्रतिवेदनअनुसार सन् २०२३ मा छिमेकी मुलुक भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत र बंगलादेशको ६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। यो वर्ष श्रीलंकाको आर्थिक वृद्धिदर भने ३ प्रतिशतले ऋणात्मक रहने आईएमएफको प्रक्षेपण छ।