२०८१ आश्विन ७ , सोमवार

चार दिनमा खिचेको फिल्मलाई अन्तर्राष्ट्रिय अवार्ड

सुनाखरी न्युज/ काठमाडौं । चार दिनमा म्युजिक भिडियो खिचिन्छ । कतिले त १ मिनेटको विज्ञापन खिच्न पनि हप्ता दिन ज्यादा समय खर्चन्छन् । तर पाकिस्तानका उस्मान अख्तरले ३५ मिनेट लामो फिल्म खिचेका छन् त्यो पनि जम्मा ४ दिनमा । तर रोचक के भने जम्मा ४ दिनमा खिचेको यो फिल्मले अहिलेसम्म विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ७ वटा अवार्ड जितेको छ ।

 

‘गुलाबो रानी’ शीर्षकमा बनेको यो फिल्मले अमेरिकाको लसएञ्जल्समा भएका तीन फिल्म फेस्टिभलमा उत्कृष्ट हरर फिल्मको अवार्ड जितेको थियो । फिल्मसँगै यसको छायांकन, साउन्ड डिजाइन र निर्देशनको पनि तारिफ भइरहेको छ । फिल्मलाई उस्मान अख्तरले निर्देशन गरेका हुन् । ३५ मिनेट लामो फिल्मले १ सय ५० वर्ष लामो विश्व विद्यालयमा पढ्न पुगेको छात्रमाथि हुने भूताहा गतिविधिलाई विषय बनाएको छ । यो फिल्म पाकिस्तानमा मार्चमा रिलिज हुँदैछ ।

 

३७ वर्षीय उस्मानको यो फिल्मले पाएको सफलतालाई समकक्षी पाकिस्तानी निर्देशक र कलाकारले अद्भूत मानेका छन् । पाकिस्तानको ‘जोयल्यान्ड’ यो सालको अस्करको अन्तिम ५ मा प्रतिस्पर्धी रहेको छ ।