२०८१ पुष २३ , मंगलबार

ताजिकिस्तानमा आज बिहान शक्तिशाली भूकम्प

सुनाखरी न्युज / टर्कि र सिरियामा विनाशकारी भूकम्प गएको तीन सातामा नजिकैको ताजिकिस्तानमा पनि गएको छ ।स्थानीय समयअनुसार बिहान साढे ५ बजे ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको ताजिकिस्तानबाट प्राप्त समाचारमा उल्लेख छ । भूकप्पको केन्द्रविन्दु पूर्वी ताजिकिस्तानको मुर्घोबदेखि झण्डै ७० किलोमीटर पश्चिममा रहेको बताइएको छ ।

 

उक्त भूकम्पको धक्का छिमेकी मुलुकहरु किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, चीन र अफगानिस्तानसम्म महसुस गरिएको छ । त्यसअघि ताजिकिस्तानमा ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

छिमेकी चीनले भने ताजिकिस्तानमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ