२०८१ आश्विन ७ , सोमवार

क्रिकेटर सौरभको बायोपिकमा रणवीर कपुर

सुनाखरी न्युज /भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलीको बायोपिक बन्ने भएको छ ।

 

फिल्ममा उनको भूमिका रणवीर कपुरले निभाउनेछन् । सौरभले आफ्नो बायोपिकको स्क्रिप्टका लागि अनुमति दिएका छन् ।चाँडै नै यो फिल्मको सुटिङको काम सुरु हुँदै छ ।

 

फिल्ममा रणवीरबाहेक हालसम्म अन्य स्टार कास्ट फाइनल भइसकेका छैनन् । फिल्ममा अर्का पूर्व कप्तान एमएस धोनीको भूमिका पनि अन्य कलाकारमार्फत् देखाइनेछ ।