२०८१ माघ १ , मंगलबार

बढ्यो कुखुरा मासुको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको मूल्य बढाएको छ ।

 

कुखुराको माग बढे पनि उत्पादन घटेको जनाउँदै संघले शनिबारदेखि नयाँ मूल्य लागू गरेको हो । कोल्डस्टोर नयाँ मूल्य अनुसार प्रतिकिलो २ सय ८० रुपैयाँ निर्धारण भएको संघका सचिव देव गिरीले बताए । माघ १० गते संघले कोल्डस्टोर मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ तोकेको थियो । फागुन २ गतेदेखि फेरि मूल्य बढाएर २ सय ६० रुपैयाँ तोकियो ।

 

मूल्य बढेको ३ दिन नबित्दै संघले छ गते नै प्रतिकिलो १० रुपैयाँ बढाएर २ सय ७० पुर्‍याएको थियो । फागुन १३ गतेदेखि लागू नयाँ मूल्य प्रतिकिलो कोल्डस्टोर मूल्य २८० रुपैयाँ छ । ‘आर्थिक मन्दी, दानाको मूल्यवृद्धि लगायतका कारणले किसान मर्कामा छन्, लागत उठेको छैन,’ सचिव गिरीले भने, ‘उत्पादन र मागको हिसावले मूल्य थप बढ्न सक्छ ।’ कोल्डस्टोर मूल्य बढेपछि खुद्रा मूल्य पनि बढ्न जान्छ ।