२०८१ पुष १४ , आइतवार

करीब १ लाखको सहभागिता हुने पाको फेस्टामा नेपाल प्रबर्द्धन

सुनाखरी न्युज/ अस्ट्रेलिया । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बर्षेनी मनाइने अष्ट्रेलियाकै ठूलोमध्येको बहुसाँस्कृतिक महोत्सव पाको फेस्टामा नेपालीहरुको संस्था ग्रेटर नेपाली समाजले नेपालको प्रबर्द्धन गरेको छ । सन् १९८३ बाट शुरु भएको र नेपालीहरुको पहिलो सहभागिता २०१३ देखि भएको यो बहुसांस्कृतिक महोत्सव पाको महोत्सबमा ग्रेटर जिलोङ नेपाली समाजले नेपाललाई वुद्ध र सगरमाथाको देश र बहुभाषिक/बहुसांस्कृतिक देशको रुपमा प्रस्तुति र प्रबर्द्धन गरेको हो ।

भिक्टोरियास्थित जिलोङ शहरमा प्रत्येक बर्षको अन्तिम शनिवार आयोजना गरिने उक्त महोत्सवमा बिभिन्न देशका करिब १ लाखको सहभागिता थियो । सहभागी नेपालीहरुले साँस्कृतिक पहिचान झल्कने झाँकीहरु, कला तथा संगीत र नेपाली नृत्य समेत प्रस्तुत गरेका थिए । विगत सवा दशकदेखि यो महोत्सबमा सहभागीको संख्या एक लाखभन्दा बढी हुने गरेको छ ।

 

पहिलो वर्षबाटै महोत्सवमा नेपाल झल्काउने पहिरन, नेपाली झन्डा, ब्यानरसहितको परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा मात्रै नभएर कुमारीको देशको रुपमासमेत चिनाउने काम भएको थियो । कुमारीको रुपमा मिस नेपाल अस्ट्रेलिया २०१२ दीपाश्री शाह थिइन जस्ले स्थानिय पत्रिकामा राम्रो स्थान प्राप्त गरेको थियो । परेडमा ८० वर्षिया दिल माया श्रेष्ठ (कान्छी) नेवारी पहिरनमा सहभागी भएकी थिइन भने चौधरी समूहले आफ्नो भेषभुषामा लट्ठी नाच प्रदर्शन गरेको थियो । कार्यक्रममा प्रमिला तामाङद्धारा ‘नेपालकी छोरी हुँ म’ गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।

यो महोत्सब नेपाल प्रबर्द्धन गर्ने राम्रो प्लाटफर्म हुने भएकोले वेलायतबाट अस्ट्रेलिया स्थानान्तर भएपछि सबै प्रकृया नियमानुसार पुरा गर्दा समयाभाव हुने देखेर आयोजक संस्था डाइभर्सिटाटसंग केही बिशेष मिटिङ समेत गरी महोतसबमा २०१३ देखि नेपालीलाई सहभागिता गराउन पहल गर्ने लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विस्व संयोजक एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका विश्व सल्लाहकार रामकुमार श्रेष्ठ, दिदी-बहिनी समाज भिक्टोरियाकी प्रतिनिधि प्रभा श्रेष्ठ, ग्रेटर जिलोङ नेपाली समाजका अध्यक्ष डा सन्तोष पाण्डे लगायत अन्य पदाधिकारीहरुको परेडमा सहभागी थिए ।