२०८१ मंसिर ३ , सोमवार

सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन कायमै, राष्ट्रपति बारे अझै अनिर्णित

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायम राख्ने निर्णय गरेको हो । राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्नेबारे भने अझै निर्णयमा नपुगेको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

 

सरकारमा सहभागी रहेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने समर्थन फिर्ता लिएका छन् ।