२०८१ मंसिर ११ , मंगलबार

कुन फलफुल कसरी खाने ?

सुनाखरी न्युज/ काठमाडौं । गर्मी मौसममा रसिला फलफुल सजिलै उपलब्ध हुन्छन् । तर हरेक फलफुल सेवनका केहि आफ्नै नियम हुन्छन् ।

 

सुन्तलाको सेवन बिहान र राति गर्नु हुँदैन । सुन्तला सधैँ दिउँसो खानु पर्छ । सुन्तला सधैँ खाना खाएको एक घण्टापछि अथवा पहिला खानु पर्छ । सुन्तला खाना खानु अगाडि खाँदा भोक बढ्छ र खाना खाएपछि खाँदा पाचनलाई सहयोग पुर्याउँछ । मौसमको सेवन दिउँसो गर्नु पर्छ । घाममा निस्कनुभन्दा केहि समय पहिला अथवा घामबाट आएको एक छिनपछि मौसम सेवन गर्नु पर्छ अथवा जुस पिउनु पर्छ । यसो गर्नाले शरीरमा पानीको मात्रा कम हुँदैन । अंगूर अथवा अंगूरको जूसले पनि शरीरमा पानीको मात्रा यथावत राख्न सहयोग पुर्याउँछ । अंगूरको सेवन पनि घाममा जानु र घामबाट आएको केहि क्षणपछि गर्नु पर्छ । खाना खाएको केहि समयपछि मात्र अंगूर सेवन गर्नु पर्छ ।

 

नरिवल पानी जुन समयमा पनि पिउन सकिन्छ । नरिवल पानी पेट सम्बन्धि समस्या हुनेहरु जस्तै एसिडिटी अथवा अल्सरको समस्यामा पनि लाभदायक हुन्छ । तर नरिवल पानी खाली पेटमा पिउनु हुँदैन । आँपलाई गर्मी गुण भएको फलफूल मानिन्छ । त्यसैले आँपसंग दुध सेवन गर्नु राम्रो हुन्छ । यदि आँप काटेर खाँदै हुनु हुन्छ भने आँपको टुक्रामा शख्खर अथवा थोरै दुध मिसाएर खानु फाइदाजनक हुन्छ ।