२०८१ माघ १ , मंगलबार

भिभोका दुईवाट स्मार्टफोन-भी२५ई र वाई१५सी को मूल्य घट्यो

सुनाखरी न्युज/ काठमाडौं । भिभो, एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्डले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन – भी२५ई र वाई१५सी मोडलहरूको मूल्य भारी मात्राले घटाएको छ ।

भी२५ई (८+१२८ जीवी)को पुरानो मुल्यरु. ४२,९९९ थियो र रु ३००० घटेरेअब यो स्मार्टफोननयाँ मुल्यरु.३९,९९९ मा उपलब्ध हुनेछ ।त्यस्तै रु १७,९९९ मुल्य रहेको भिभो वाई१५सी को मुल्य पनि रु ३००० ले घटेको छ । वाई१५स्ी मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म रु १४,९९९ मूल्यमा उपलब्ध हुनेछ । यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुनेछ। भिभो नेपालका सीईओ माइकलले भने,“भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनस्तर वृद्धि गर्न र उनीहरूलाई हाम्रा उत्पादनहरूमा थप पहुँचयोग्य बनाउन निरन्तर लागि परेका छौं। हामी भिभो स्मार्टफोनकोमुल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौं । दुबै भी र वाई सिरिजका स्मार्टफोनहरूकिफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्नेप्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।”

भिभो भी२५ई मा६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसमा उच्च–संवेदनशील सेन्सर र ओआईएस छ जसले हाइब्रिड इमेजस्टेबलाइजेशन प्रदान गर्दछ। स्मार्टफोनमा बोकेह फ्लेयर पोट्र्रेट विशेषता पनि छ जसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालिन फोटोग्राफीलाई सुधार गर्दछ। फोनमा ४४वाटको फ्ल्यासचार्ज र बलियो ४५०० एमएएच ब्याट्री रहेको छ जसले अत्यन्तै छिटो चार्ज गर्न अनुमति दिन्छ र प्रयोगकर्ताहरूले ब्याट्रीको जीवन वा फोन अत्यधिक तात्ने चिन्ता नगरी फोनका अन्य सबै क्षमताहरूको फाइदा लिन सक्छन् । भी२५ई मा मिडिया टेक हेलियो जी९९ सीपीयू छ जसले फोनमा भएका सुविधाहरूलाई सजिलैसँग सञ्चालन गर्दछ। यसमा ८जीवी र्याम छ जसलाई३.० र्यामको सहायताले८जीवी सम्म विस्तार गर्न सकिन्छ। भी२५ई को कलर चेन्जिङ ग्लास प्यानलले सबैभन्दा बढी ध्यान तानेको छ।सूर्यको प्रकाशमा पर्दा, यसले बिस्तारै पछाडिको प्यानलको रङ परिवर्तन गर्छ ।

वाई१५सी मा आई प्रोटेक्शन सहितको ६.५१ इन्चको फूलभ्यू डिस्प्ले, विशाल५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा छन् र यी सबैले सहज मनोरञ्जन अनुभव प्रदान गर्दछ।