२०८१ आश्विन ७ , सोमवार

‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ आजबाट हलमा

सुनाखरी न्युज/ काठमाडौं । दुई नेपाली कथानक चलचित्र आज (शुक्रबार) बाट एक साथ प्रदर्शनमा आउने भएका छन् । आजबाट ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

 

दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका छन् । राजनीतिलाई पृष्ठभूमि बनाएर चलचित्र तयार गरिएको हो । यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका छन् । हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

 

यस्तै ‘छड्के’ को सिक्वेल ‘छड्के २.०’ ग्याङस्टर श्रेणीको चलचित्र हो । प्राकृतिक स्रोत हत्याउन सङ्घर्ष गर्ने तीन ग्याङको कथा चलचित्रमा देखाइएको छ । ग्रीन ग्याङको नाइकेको रूपमा अभिनेता अनमोल केसी देखिएका छन् । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।