२०८१ आश्विन ७ , सोमवार

‘छक्कापञ्जा ४’लाई टिकटक बन्यो चुनौती

सुनाखरी न्युज/ काठमाडौं । बक्स अफिसमा उछाल कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने चुनौती थपिएको छ ।

 

शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले यी प्लेटफर्ममा एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स पोस्ट गरिरहेका छन् । महत्वपूर्ण दृश्य नै टिकटकमा बाहिरिंदा निर्मातालाई हैरानी भएको छ ।‘क्लिप्सहरु राखेर पूरा फिल्म नै टिकटकमा आउन थालेको छ । फिल्म हलमा नै कर्मचारी खटाएर यसबारे कडाइ गर्नुपर्ने माग उनको छ । टिकटकमा समस्या भएपछि निर्माताले हलहरुको छाता संस्था चलचित्र संघसँग आइतबार गुनासोसहित छलफल गर्दैछन् । साथै, प्रहरीको साइबर ब्युरोसँग पनि यसबारे छलफल भएको निर्माता गिरीले बताए । तर फिल्म बढी चल्ने दिन शुक्रबार र शनिबार नै साइबर ब्युरोमा काम नहुने भएपछि निर्मातालाई समस्या भएको छ ।

 

युट्युबमा पोस्ट हुने भिडियोलाई रिपोर्ट गरेर हटाउन सकिने भएपनि टिकटकमा चाहिं समस्या भएको उनले जनाए । टिकटकको यो समस्या छक्कापञ्जालाई मात्र होइन, अन्य फिल्मको छायांकनदेखि रिलिजसम्मै असर पुर्‍याइरहेको छ ।