२०८१ मंसिर ४ , मंगलबार

राष्ट्रपति निर्वाचनको तयारी पुरा, विहिबार विहान १० वजे देखि ३ वजे सम्म मतदानको समय

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन भोली हुदैछ । राष्ट्रपति निर्वाचनका लागि वानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा मतदान केन्द्र निर्माण गरिएको छ ।

संघ र प्रदेश सभाका सदस्यहकालागि मतदान गर्न वेग्ला वेग्लै मतदान केन्द्र निर्माण गरिएको निर्वाचन प्रमुख अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता रहेकाछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस्तै भोली विहान १० वजे देखि ३ वजे सम्म मतदानको समय तोकिएको छ ।

संघीय र प्रेदश सांसद मतदाता हुने सो निर्वाचनमा मतदाताहरुले आफ्नो परिचयपत्र लिएर जानुपर्नेछ । यस्तै मतदान सकिएसंगै भोली नै मतगणना गरि मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।