२०८१ माघ २ , बुधवार

सेयर धितोमा जाने कर्जा घट्यो

New Note

सुनाखरी न्युज/ काठमाडौं ।

चालू आर्थिक वर्षको सात महिनामा सेयर धितोमा जाने कर्जा ७।१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको ७ महिनामा सेयर धितो राखेर सेयर लगानीकर्ताहरुले ७४ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ कर्जा लिएका छन् ।

राष्ट्र बैंकका अनुसार ७ महिनाको अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्म जाने सेयर धितो कर्जा ६.३ प्रतिशतले बढेर ११ अर्ब २२ करोड १८ लाख रुपैयाँ पुगेको छ । जुन असार मसान्तमा १० अर्ब ५६ करोड ३० लाख रुपैयाँ थियो ।

असार मसान्तमा सेयर लगानीकर्ताले ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ कर्जा लिएका थिए । ७ महिनाको अवधिमा सेयर धितोमा जाने कर्जा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँले घटेको छ ।

केन्द्रीय बैंकका अुनसार ५० लाखदेखि १ करोडसम्म जाने सेयर धितोकर्जाको सीमा बढेको छ । यस्तै १ करोडदेखि माथि, २५ देखि ५० लाख र २५ लाखभन्दा कम रकमको कर्जा घटेको छ ।

 

यस्तै १ करोडदेखि माथिको सेयर धितोमा जाने कर्जा ७।३ प्रतिशतले घटेर ४३ अर्ब १६ करोड ७८ लाख रुपैयाँ छ । असार मसान्तमा ४६ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।