सुनाखरी न्युज/ काठमाडौं । विकास संस्थान (डीडीसी)ले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ ।
संस्थानले क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाएर प्रतिलिटर १३० रुपैयाँ पुर्याएको छ । स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढ्ने भएको छ । हाल प्रतिलिटर ८६ रुपैयाँ रहेको मूल्य बिहीबारदेखि ९७ रुपैयाँ पर्नेछ ।
त्यस्तै संस्थानले गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर प्रतिलिटर ११६ रुपैयाँ पुर्याएको छ । चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ हुने भएको छ ।