२०८१ पुष २३ , मंगलबार

विश्वकप लिग-२ : यूएईको पाँचौँ विकेट गयो

सुनाखरी न्युज/ काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपाललाई दीपेन्द्रसिंह ऐरीले पाँचौँ सफलता दिलाएका छन् । ऐरीले यूएईका रोहन मुस्तफालाई एलबीडब्लू आउट गरेका हुन् । मुस्तफा ३१ बलमा २० रन बनाई पेभेलियन फर्किए ।

 

त्यसअघि ऐरीकै बलमा यूएईका आयन अफजल खानलाई गुल्शन झाले क्याचआउट गराएका थिए । खान ३ रन मात्र बनाएर पेभेलियन फर्किए । त्यसअघि ऐरीकै बलमा २३औं ओभरमा रिजवान रनआउट भएका थिए ।टस जितेर पहिले ब्याटिङ गरेको यूएईलाई मोहम्मद वासिमले आक्रामक सुरुवात दिलाएका थिए । ४९ बल सामना गरेका वासिमले ६ छक्का र २ चौकासहित ६३ रन बनाए । उनलाई सन्दीप लामिछानेले आउट गरे । नेपालका लागि ऐरीले किफायती बलिङ गरिरहेका छन् । ८ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै मात्र १९ रन खर्चिएर २ विकेट लिएका छन् ।

 

बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ । पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेका ११ खेलमध्ये १० मा जित हात पारेको छ । नेपाल क्रिकेट संघका अनुसार बिहीबारको खेलका लागि मैदानको क्षमताबराबरको टिकट बिक्री भएको छ । खेल सुरु हुनभन्दा पहिले मैदानमा दर्शकहरूको बाक्लो उपस्थिति भइसकेको छ ।