२०८१ मंसिर १० , सोमवार

नेप्सेमा सामान्य गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से ५.३२ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब ३१ विन्दुमा पुगेको हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब १४ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६०४.२० रुपैयाँ पुगेको छ भने शुभम पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५१६ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।