सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका निवर्तमान अध्यक्ष फणी राज लोहनी राजुले नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का अध्यक्ष सुवोध शेर्पालीले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई सीमा नाघेर नबोल्न दिएको चेतावनी प्रती आपत्ति जनाउनु भएको छ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लोहनी भनेका छन द्वन्द्वको नाममा क्रिया बसेका मान्छे हुन अथवा स्कूल पढाउने टीचर हुन जानी जानी क्रूर तरीक़ाले हत्या गर्ने ! यस्को बिरुद्धमा संसदमा आवाज़ उठाउदा मा. ज्ञानेन्द्र साहि प्रति वाइसिएलका अध्यक्षले दिएको धम्कीपूर्ण अभिब्यक्ति निन्दनीय छ । यो बुदामा ज्ञानेन्द्र साहीले संसदमा दिएको अभिव्यक्तिको हामी समर्थन गर्दछौ । अब धम्की बाट नेपाली जनता डराउने वाला छैनन् उनले भनेका छ्न ।