२०८१ मंसिर १० , सोमवार

नेष्डो समृद्ध लघुवित्तले घोषणा गर्यो लाभांश

सुनाखरी न्युज/ काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड (NESDO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५० प्रतिशत बोनस शेयर रहेको छ भने २३.६८ प्रतिशत नगद लाभांश रहेको छ।

 

चैत ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ।