२०८१ माघ ३ , बिहिवार

कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले प्रहरीमा सुधार आवश्यक भएको बताएका छन्।

 

आइतबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि सम्बोधन गर्दै उनले प्रहरीमा सुधार गर्न आवश्यक रहेको बताएका हुन्। उनलाई गृह सचिव विनोदप्रकाश सिंहले उनलाई महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै पूर्वाग्रहको भावना नराखी निष्पक्ष रूपमा काम गर्ने बताएका हुन्।

 

संविधानले मार्ग निर्देशित गरेको काम र मानव अधिकारको प्रत्याभूति हुने गरी काम गर्ने पनि उनले बताए।  आफ्नो कार्यकाललाई सफल बनाउन सहकर्मी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)सँग समन्वय गरी समिति गठन गर्ने  उनले बताएका छन्।