२०८१ माघ १ , मंगलबार

एसमृद्धि फाइनान्स बाट युवा वर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौँ । समृद्धि फाइनान्सको हेटौंडा शाखा कार्यालयले चैत्र११ गते रोडहाउस रेष्टुरेन्टमा स्थानिय युवाहरु माझ र १२ गते बनेपा शाखा कार्यालयले बनेपा स्थित मिलिनियम कलेजमा विद्मार्थीहरु माझ युवा वर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

ग्लोबल मनि सप्ताहको सन्दर्भमा प्लान योर मनि,प्लान योर फ्युचरुभन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । भविष्यमा थप शाखाहरु बाट नियमित रुपमा विभिन्न वर्गहरु लक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना गरिने तालिका रहेको संस्थाले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवाप्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा १० प्रतिशत सम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ ।