सुनाखरी न्युज/ काठमाडौँ । साकोस १० औं वसन्त पूरा गरेको उपलक्ष्यमा संस्थाले आफ्नो सामाजिक उक्तरदायित्व लाई बहन गर्दै र मानवीय धर्म पूरा गर्दै भरतपुर कटहर चोकमा स्थित आदर्श गृह नेपाल संस्थालाई आर्थिक सहायता स्वरुप बीस हजार रुपैयाँ त्यस संस्थाकि प्रमुख मिना खेरेललाई प्रदान गरेको छ ।
साथै संस्थाको अध्यक्ष श्री बिपेन्द्र रामुदामुको अध्यक्षता तथा संस्थाका जेष्ठ सल्लाहकार श्री गोबिन्द पाध्यको विशेष उपस्थितमा संस्थाको कार्यालय परिसरमा गरिमामय १० औं बाषिकोत्सब कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा संस्थाको सल्लाहकार गोबिन्द पाध्य, नेपाल सुनचाँदी व्यावसायि संघ चितवनका उपाध्यक्ष राजु बराली, सुनचाँदी व्यावसायी महिला समुह कि अध्यक्ष शान्ता थापा बिश्वकर्मा ,सुनचादी साकोसक अध्यक्ष रुबेन रामुदामु , संस्थाको महीला शसक्तिकरणकि संयोजक श्री तारा रसाइली ज्यु लगायत ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो भने स्वागत मन्तब्य संस्था का उपाध्यक्ष राम बहादुर पोखरेलले दिनु भएको थियो भने कार्यक्रमको समापन संस्था का अध्यक्ष बिपेन्द्र रामुदामु ले गर्नु भएको थियो । उक्त कार्यक्रममा उल्लेखनीय शेयर सदस्यहरुको उपस्थिती रहेको थियो।