२०८१ पुष २८ , आइतवार

वल्र्ड हेल्थ डेको दिन नर्भिकले निःशुल्क जनचेतनामूलक कार्यक्रम गर्ने, प्याकेजमा ३० प्रतिशत छुट

सुनाखरी न्युज/ काठमाडौँ । यसवर्षको विश्व स्वास्थ्य दिवस(वल्र्ड हेल्थ डे)को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ ।

 

आउँदो चैत २५ गते शनिवारको दिन पारेर नर्भिकले विशेष छुटसहितको वृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिनुभयो । यो कार्यक्रममा सहभागी हुनेहरुलाई निःशुल्क यूरिन डिपस्टिक टेस्टको व्यवस्था समेत गरिएको अस्पतालले जनाएको छ । साथै, प्रोस्टेटसम्बन्धी समस्याबाट पीडितको उपचारका लागि अस्पतालमा उपलब्ध प्याकेजमा ३० प्रतिशत भारी छुटको स्किम समेत सार्वजनिक गरिएको छ ।

 

यसैगरी, सो कार्यक्रममा प्रोस्टेट स्पेशिफिक एन्टीजेन(पिएसए)को परीक्षण शुल्कमा समेत १५ प्रतिशत छुट उपलब्ध हुनेछ । शनिवार बिहान ८ बजेदेखि सो वृहत जनचेतनामूलक कार्यक्रम नर्भिकको नर्सिङ ट्रेनिङ हलमा आयोजना हुने बताइएको छ । कार्यक्रममा सहभागीले वरिष्ठ यूरोलोजीस्ट डा. सुनिल श्रेष्ठ र यूरोलोजिष्ट डा. सञ्जिवभक्त बिष्ट नेतृत्वको टिमबाट निःशुल्क परामर्श सेवा तथा जाँचको सुविधा पाउनेछन् । प्रोस्टेट ग्रन्थीका बिरामीले वल्र्ड हेल्थ डेको अवसर पारेर सार्वजनिक हेल्थ प्याकेज तथा जाँचमा छुटको सुविधा लिन तथा निःशुल्क जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्नेछ ।

 

यो लिंक (https://docs.google.com/forms/d/e/1FAIpQLSdHQQHZxdAQmv9VGo33YxAo1zrT3Vl9M-fFk0fyc2PcnC1OYw/viewform) मा क्लिक गरी नाम दर्ता गराउन सकिनेछ वा ०१५९७००३२ मा समेत फोन गरी थप बुझ्न सकिने सेवा उपलब्ध गराइएको छ । नर्भिकले यसअघि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत सुगर रोगबाट पीडितका लागि निःशुल्क र वृहत जनचेतनामूलक कार्यक्रम आयोजना गरिसकेको छ । यस्ता कार्यक्रममा परामर्श सेवा, विभिन्न खालका परीक्षणहरुमा भारी छुटको स्किम समेत ल्याइने गरिएको छ ।

 

नर्भिकले विगत केही महिनादेखि नै आफ्नो सीएसआरअन्तर्गत यूरोलोजी टिमलाई परिचालन गरी प्रत्येक शनिवार यूरोलोजीको टिमबाट निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ । हस्पिटलले अन्य विशेषज्ञ डाक्टरहरुको समेत सहभागितामा निःशुल्क ओपिडी तथा परामर्श सेवा समेत सञ्चालन गर्दै आइरहेको छ ।

नाम दर्ता गराउने लिंक :
https://docs.google.com/forms/d/e/1FAIpQLSdHQQHZxdAQmv9VGo33YxAo1zrT3Vl9M-fFk0fyc2PcnC1OYw/viewform