२०८१ मंसिर १३ , बिहिवार

घुस लिने नापी कार्यालय मनमैजुका सर्वेक्षकसहित दुई जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौँ । काठमाडौँको मनमैजुस्थित नापी कार्यालयका नापी सर्वेक्षक र लेखापढी व्यवसायीलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्की छन् ।

 

अख्तियार स्रोतका अनुसार आरोपीहरूको साथबाट १ लाख ७५ हजार घुस रकम बरामद गरिएको छ । कित्ताकाट गर्न सहजीकरण गरेबापत आरोपीहरुले सेवाग्राहीसँग घुस रकम मागेका थिए ।

 

अभिषेक कार्की मनमैजुस्थित मुक्तिनाथ कानुनी सेवाको सञ्चालक हुन् । नापी सर्वेक्षकलाई कार्यकक्षबाट नै पक्राउ गरिएको अख्तियारका एक जना अधिकृतले बताए ।