सुनाखरी न्युज/ काठमाडौँ । सामसङ्गले नयाँग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिलाई बजारमा उपलब्ध गराएको छ । लोकप्रिय ए–सिरिजका २ वटा नवीनतम फोनहरु अद्भूत क्यामराहरु र विशेषताहरुको लागि परिचित छन्, जसले प्रयोगकर्ताहरु लाई तिनको अद्भूतपर्फरमेन्स र उपयोगीताका साथ अचम्भित तुल्याउने गरी बनाइएको छ । उत्कृष्ट बनावट र अनुभूतिएवं टिकाऊपनाको लागि गरिएको डिजाइनका साथग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिलाई धेरै समयसम्म टिक्ने ब्याट्री र विस्तारित मनोरञ्जनात्मक विशेषताहरुले ग्राहकहरुका लागि पहिलो रोजाई बनाइदिएको छ ।
“हामीनयाँ सामसङ्गग्यालेक्सी ए३४ र ए५४लाई प्रस्तुतगर्न पाउँदा अत्यन्त हर्षित भएका छौं, जसले अतुलनीय मोबाइलको अनुभव दिलाउन स्लीक डिजाइन र अत्याधुनिकप्रविधिदुवै पेश गरेको छ । यी उपकरणहरुमा हाम्रो चिरपरिचितग्यालेक्सी डिजाइन र नाइटोग्राफी जस्तो प्रमुख विशेषताहरु रहेका छन्, जसले ग्राहकहरुलाई कमप्रकाशको अवस्थामापनि तीक्ष्ण फोटोहरु र भिडियोहरु खिच्न मद्दत गर्दछ । यो उत्कृष्टताको अनुभूति वर्षौं वर्षसम्मआइपि६७ रेटिङ्ग र गोरिल्लाग्लास ५ को संरक्षणसहित ओएस अपग्रेडहरुको ४ पुस्ता र ५ वर्षे सुरक्षाअद्यावधिकरुका साथ टिकी रहन सक्नेछ”, सामसङ्ग नेपालकानिर्देशकश्री प्रणय रत्न स्थापितले भन्नु भयो । ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिमा फ्लोटिङ्ग क्यामराका साथसाथै मोबाइलको रङ्गसंगमिल्नेमेटल क्यामरा डेकोको सुविधापनि रहेको छ । ग्यालेक्सी ए–सिरिजमै पहिलो पटक ए५४ ५जिमायसलाई प्रिमियम बनावट र अनुभवदिलाउने ग्लास ब्याकविशेषता जडित छ । ग्यालेक्सी ए५४ ५जि ३ रङ्गहरु कालो, हरियोर बैजनीरङ्गमाउपलब्ध छ भने ग्यालेक्सी ए३४ ५जिपनिकालो, हरियो र सिल्भर गरी ३ रङ्गहरुमाउपलब्ध छ ।
ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिको निर्माण लामो समयसम्म टिक्ने गरी गरिएको छ । यीमोबाइलहरु ३० मिनेटसम्मएक मीटरपानीमा डुब्दा पनिक्षतिनहुने खालका छन्, जसको लागियसले आइपि६७ रेटिङ्ग पाएको छ । यसका साथै अझै बलियो बनाउनका लागि यी मोबाइल लाई धुलो र बालुवा प्रतिरोधक पनि बनाइएका छन् ।यी दुवै मोबाइलहरुका डिस्प्ले कर्निङ्ग गोरिल्लाग्लास ५ संरक्षणका साथउपलब्ध छन्, जसले कोरिन दिंदैन र खस्दा समेत फुट्ने सम्भावना रहन्न । ग्यालेक्सी ए५४ ५जिको पछाडिको भागमा पनि गोरिल्ला ग्लास ५ संरक्षण जडित छ । ग्यालेक्सी ए५४ ५जि ५० एमपिओआइएस प्राइमरी लेन्स सहित १२ एमपिको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भनें ए३४ मा ४८ एमपिओ आइएस प्राइमरी लेन्स र ८ एमपिको अल्ट्रा वाइड लेन्स रहेको छ । ब्लर–लेस नाइट फोटो भिडियोले पहिलेका फोनहरुको दाँजोमा१.६ गुना व्यापक ओआइएस संग फोटोको स्थिरतालाई बढाइ दिन्छ र भिडियोको स्थिरता पनि ४ गुनासम्म बढाइदिन्छ, यसैले प्रयोगकर्ताहरुले अन्धकारमा पनि स्पष्ट रुपमाफोटो÷भिडियो खिच्न सक्नेछन् ।
प्रयोगकर्ताहरुले अब कम प्रकाशको सेटिङ्गमा समेत छिटो फोकस गर्न सक्ने ‘१००% अलपिक्सेल अटो फोकस’का साथमा तीक्ष्ण न्यून प्रकाशसट लिन सक्नेछन् । ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिदुवै अटो फ्रेमिङ्गका साथ उपलब्ध छन्, जसले भिडियो रेकर्डिङ्गको दौरानमा हरेक पटक स्थिर र ५ जनासम्मलाई एकसाथजूमगर्न र दृश्यको कोण स्वतः समायोजन गरिदिन्छ । दुवै मोडलहरुमा ५ एमपिको माइक्रो लेन्स पनि जडान गरिएका छन् । फ्ल्याग्शिपसिरिजहरुमाअति नै मनपराइएको नाइटोग्राफि विशेषता ग्यालेक्सी ए५४ ५जि र ग्यालेकसी ए३४ ५जिमा समावेश गरेर अझ बढी पहुँच योग्य बनाइएको छ । यसले प्रयोगकर्ताहरु लाई कम प्रकाशमा पनि तेजिलो फोटो तथा भिडियोहरु खिच्न सजिलो बनाइदिन्छ । फोनहरुमा अटो नाइट मोड पनि छ, जसले न्यूनप्रकाशको अवस्थालाई स्वचालित रुपमा समायोजित गरिदिन्छ, यसले गर्दा प्रयोगकर्ताले म्यनुअल्ली क्यामराको मोड बदल्ने कार्य गर्नु पर्दैन ।
ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिको डिजाइन प्रयोगकर्ताको मनोरञ्जनप्रदअनुभव बढाउने गरी गरिएको छ । दुवै डिभाइसहरुको डिस्प्लेमा सुपर एमोलेड प्रविधि र न्यूनगरिएका प्रवणित धारहरुका साथमाजीवन्त रङ्गहरुको विशेषता रहेका छन् । १२० हर्जको रिफ्रेस दर भएकादुवै उपकरणहरुमा तीव्र गतिको चालमापनि एक एक दृश्य परिवर्तनहरुलाई अविश्वसनीय रुपमा सहजताप्रदानगर्दछ । यसकाअतिरिक्त समायोजित रिफ्रेस दरले ब्याट्रीको प्रभावकारिताअधिकतमगरिदिन्छ, जब कि भिजन बूस्टरले चहकिलो घामको प्रकाशमापनि दृश्यावलोकन वृद्धि गरिदिन्छ । प्रयोगकर्ताको आँखाको संरक्षणका लागिक्वीकप्यानलमाआइ कम्फर्ट सील्ड पनि राखिएको छ ।
ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिको ध्वनिक्षमतामा समेत सुधार गरिएको छ, जसको लागियसमा सुधारिएको ठूलो आवाज, गहनबेस संरक्षण र डल्बी निर्मित स्टेरियो स्पीकरहरु राखिएका छन् ।यसले गर्दा श्रवणको अनुभव एक उत्कृष्ट ढँगको हुनेछ । ५००० एमएएच ब्याट्री जडित ग्यालेक्सी ए५४ ५जि र ग्यालेकसी ए३४ ५जि २ दिनभन्दा बढीसम्म एकपटककै चार्जबाट चलायमानहुन सक्छ । ग्यालेक्सी ए५४ ५जि र ग्यालेकसी ए३४ ५जिमाह्याप्टिक प्रतिक्रियातथाविस्तारयोग्यभर्चुअल मेमोरीद्वारा अझ सुधार गरिएको हुँदायसको पर्फरमेन्स क्षमताझनै बढेको छ । दुवै डिभाइसहरुमा एउटा अतिरिक्तमाइक्रो एसडि कार्डसहित १ टिबिसम्म क्षमताविस्तार गर्न मिल्ने स्टोरेजक्षमता रहेको छ ।
ग्यालेक्सी ए५४ ५जि र ग्यालेक्सी ए३४ ५जिले सामसङ्गको डिफेन्स ग्रेड सुरक्षाप्लेटफर्म नक्सका साथमा सुरक्षाको सुनिश्चित्ता दिन्छ, जसले तपाईंको व्यक्तिगत डाटालाई सोही समयमा सुरक्षा दिन्छ । ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिमा ५ वर्षको सुरक्षाअद्यावधिक र ४ वर्षको ओएस स्तरोन्नतिहरुको ग्यारेन्टी पनिदिइएको छ, यसले यीमोबाइलहरु अव्द्यावधिकभइरहने र सुरक्षित रहने सुनिश्चित्ता प्रदान गर्दछ ।
पछिल्लोए–सिरिजलन्चकोमा, सामसङले पहिलो पटक २५६ जीबी मेमोरी भेरियन्ट लाई रु६०,००० प्राइसमा प्रस्तुत गर्दैछ, जसले किफायती मूल्यमा उच्च प्रदर्शन उपकरणहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धता लाई सङ्केत गर्दछ। द्युवै ग्यालेक्सी ए५४ ५जिर ग्यालेक्सी ए३४ ५जि२ वटा मेमोरी प्रकारहरुमा उपलब्ध छ, जसमध्ये ग्यालेक्सी ए५४ ५जिको ८ जिबि ¥याम र १२८ जिबिआन्तरिक स्टोरेज भएको लाई रु ५६, ९९९ रुपैयाँ पर्छ भनें ८ जिबि ¥याम र २५६ जिबि आन्तरिक स्टोरेज क्षमता भएकोको मुल्यरु ५९,९९९ रुपैयाँ तोकिएको छ । यस्तै ए३४ ५ जिको ८ जिबि ¥यामर १२८ जिबि आन्तरिक स्टोरेज भएकोको मुल्यरु ४५,९९९ रुपैयाँ रहेको छ, जसमा माइक्रो एसडि कार्डको प्रयोग मार्फत् १ टिबि सम्मको आन्तरिक मेमोरी बढाउन सक्ने सुविधा छ ।