सुनाखरी न्युज/ काठमाडौँ । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
संघको संरक्षकमा राजेशकाजी श्रेष्ठ तथा मानार्थ सदस्यमा ध्रुवकुमार श्रेष्ठ चयन भए भने कार्यसमितिको निवर्तमान अध्यक्षमा नवराज ढकाल र वरिष्ठ उपाध्यक्षमा अरनिको राज भण्डारी निर्वाचित भएका छन् । संघको दुई उपाध्यक्षमा निरज श्रेष्ठ र मनोज ज्ञवाली तथा महासचिवमा तीर्थबहादुर रोका, कोषाध्यक्षमा पवन अग्रवाल र दुई सचिवमा रोमनाथ घिमिरे र मनोज श्रेष्ठ बडेल निर्वाचित भएको संघले जनाएको छ । कार्यसमिति सदस्यहरुमा अरुण केसी, अन्ना मारिया, बसुमाया तामाङ, बीणा प्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैंजु, विनोद सग्तानी र वीरेन्द्र शाही चयन भएका छन् । यस्तै संघको अन्य सदस्यहरुमा किसान सुनार, किशोर भट्टराई, साम्बालामा, सञ्जय अग्रवाल सर्राफ, सारिक बोगटी, शम्भु लामा, सुमित धानुका, सुशील जैन, सुभाश विक्रम शाह र युगेश बादे श्रेष्ठ निर्वाचित भएको जनाइएको ।
नवनिर्वाचित कार्य समितिले नेपाल र इटलीबीच व्यापार, लगानी, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँउचाईमा पु¥याउने लक्ष्य लिएको छ । नेपाल र इटलीबीच व्यापार घाटा कम गर्न नेपाली वस्तुको निकासी बढाउन पहलगर्ने संघले जनाएको छ । संघको साधारण सभालार्ई गत साता उपप्रधान तथा भौतिक पूर्वाधार र यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।