सुनाखरी न्युज/ काठमाडौं ।
भारत मध्यप्रदेशको इन्दौरस्थित एक मन्दिर भत्किँदा भएको दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । रामनवमीको अवसरमा बिहीबार इन्दौरको बेलेश्वर महादेव झुलेलाल मन्दिर भत्किँदा ३५ जनाको मृत्यु भएको हो ।
मन्दिर इनारमाथि निर्माण गरिएको थियो । अधिकारीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३५ पुगिसकेको छ भने १४ जनाको सकुसल उद्धार गरिएको छ ।
टेलिभिजन फुटेजमा आपत्कालीन कामदारले डोरी र भर्याङको प्रयोग गरेर मध्यप्रदेश राज्यमा इनारमा फसेकाहरूको उद्धार गरिएको देखिएको छ । अन्य भिडिओमा भत्किएको भुइँ र भाँचिएको फलामको बार प्रहरीले डोरीको सहायताले सिल गरेको देखिएको छ ।
भगवान् रामको जन्मोत्सव रामनवमीका अवसरमा हिन्दु धर्मावलम्बीहरू शुक्रबार देशभरका मन्दिरमा भक्तजनको भीड लागेको समय उक्त मन्दिरमा पनि भक्तजनहरूको पूजाका लागि घुइँचो लागेको थियो ।
एजेन्सी