२०८१ मंसिर १४ , शुक्रवार

वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सर्वसम्मत निर्णय

सुनाखरी न्युज पोखरा । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई जिताउनको लागि नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको छ।

शनिवार पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष उमेदवार श्रेष्ठ सहित प्रदेश बाट कार्यसमितिमा उमेदवारी दिने सम्पूर्ण उम्मेदवार लाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरेको हो । पोखरा उद्योग बाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठ लाई प्रदेशबाट सर्वसम्मत रुपमा जिताउने निर्णय भएको हो।प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठक बाट उक्त निर्णय गरियो । उक्त बैठकमा गण्डकी प्रदेश समितिका सम्पूर्ण सदस्यहरु,पोखरा उद्योग बाणिज्य संघका साथैलुम्बिनिप्रदेश र बागमतीप्रदेशका केहि जिल्लानगरकाअध्यक्षज्यूहरुको सहभागिता रहेको थियो। सर्वसम्मत उम्मेदवार घोषणा भए सँगै वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले आफ्नो उमेद्वारी लाई सबै सदस्यहरुले सर्वसम्मत रुपमा सहयोग गर्ने घोषणा गरेकोमा धन्यवाद दिनु भयो ।

 

कार्यक्रममा आफ्नो धारणा राख्दै श्रेष्ठले उद्योगीहरुको समस्या र चुनौतीहरु लाई समाधान गर्न आफु लागि पर्ने बताए । ‘गण्डकी प्रदेशका उद्योगी साथीहरुले मलाई सर्वसम्मत उम्मेदवार बनाउनु भएकोमा धन्यवाद दिन्छु। उहाँहरुको भावनालाई कदर गरेर आगामीदिनमा उद्योगी व्यवसायीहरुले भोगि रहेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहनेछु’,वरिष्ठ उपाध्यक्षका प्रत्याशी श्रेष्ठले भने। यहि चैत २८ र २९ गते आयोजना हुने नेपालउद्योग वाणिज्य महासंघको आशन्न ५७औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।