२०८१ आश्विन ७ , सोमवार

उत्तम विचार को अति उत्तम सिर्जना, गजल एकै हुन्छ माया सार्वजनिक

अशोक तिवारी/ काठमाडौ । “खै के लत बस्यो मलाई ” भनेर दर्शक स्रोतालाई गजल को लत बसालेको तिलक सिङ पेला को चर्चा नसेलाउँदै युवा कवि, गीतकार तथा गजलकार श्रष्टा उत्तम विचारको सिर्जना मा “एकै हुन्छ माया” बोलको गजल सार्वजनिक भएको छ ।

 

गजललाई पेला कै चेला कमल बिष्ट को स्वर तथा संगीतले गुञ्जायमान बनाएको छ । पर्यटन क्षेत्रमा सक्रिय रहेर साहित्यिक समाज मा अलग्गै पहिचान बनाएका नेपाली सुगम सङ्गीतका फाँटमा एक दर्जन गीतहरू प्रस्तुत गरिसकेका श्रष्टा उत्तम भेटुवालको गजल यात्राको श्री गणेश बेजोड बनेको छ ।

नेपाली गजल पारखी हरुका लागि प्रस्तुत गजलले ‘एकै हुन्छ माया गराइ अलग छन् दिने घाउ नै हुन् दुखाइ अलग छ’ गजलमा सामाजिक पृष्ठभूमि लाइ गहन रुपमा प्रस्तुत गरिएको छ , ऋदम कँडेल को एरेन्ज मा रहेको मिठासपूर्ण यस गजल ले पनि माया प्रेम कै भाबना दर्शाएको छ । गहकिला शब्द र कर्णप्रिय स्वर को बेजोड संगमले टूटेका मन मा मात्र हैन प्रेमिल जोडी का मन मा पनि डेरा जमाउने छ ।