२०८१ मंसिर १३ , बिहिवार

आनफ्नै श्रीमतिको जाहेरीमा न्यायाधीश भुवन गिरीलाई पक्राउ पुर्जी

सुनाखरी न्युज/ कपिलवस्तु ।

न्याय परिषद्‌‌मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालतले सोमबार प्रहरीलाई पक्राउ गर्न अनुमति दिएको हो । उनकी श्रीमतिले गिरीविरुद्ध वैवाहिक बलात्कारमा जिल्ला प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जाहेरी दर्तापछि उनीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए । ‘पक्राउ पुर्जी अनुसन्धानको एउटा पाटो हो,’ उनले भने, ‘अन्य कुराबारे पनि अध्ययन थालेका छौं ।’

गत असारमा न्यायाधीश भएर जिल्लामा पदस्थापन भएका गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्‌मा सरुवा भएको थियो ।

 

गत मंसिरमा न्यायाधीश गिरीकी पत्नीले गिरीविरुद्ध हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् ।

गिरीकी पत्नीले न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद्‍ भवन अगाडि प्रदर्शनसमेत गरेकी थिइन् ।