२०८१ आश्विन ७ , सोमवार

रेसलर जोन सीनासँग फिल्म खेल्दै प्रियंका चोपडा

 

सुनाखरी न्युज/  प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस एल्बासँग काम गर्दैछिन् । छायांकन मे महिनादेखि सुरु हुनेछ । ‘नोबडी’ फिल्म निर्माता इल्या नाइशुलरले जोश एपेलबम र एन्ड्रे नेमेकद्वारा लिखित फिल्मलाई निर्देशन गर्दैछन् ।

 

फिल्मको कथावस्तुबारे खुलाइएको छैन यद्यपी यसलाई ‘एयरफोर्स वान’ र ‘मिडनाइट रन’जस्ता श्रृंखलाबाट प्रभावित हुनसक्ने बताइएको छ । निर्माताहरू सफारान कम्पनीका पिटर सफ्रान र जोन रिकार्ड हुन्। पछिल्लो समय प्रियंका हलिउडमा समेत ब्यस्त बनिरहेकी छन् । कलाकार र निर्मात्रीको रुपमा उनले ६० भन्दा बढी अन्तर्राष्ट्रिय र हलिउड फिल्ममा काम गरेकी छन् ।

 

फेब्रअरी २०२१ मा उनी आफ्नो संस्मरण ‘अनफिनिश्ड’को साथ न्यूयोर्क टाइम्सको बेस्टसेलिङ लेखिका बनिन् । उनी रिचर्ड म्याडेनसँग प्राइम भिडियोको ‘सिटाडेल’मा अभिनय गर्दैछिन्, जुन अप्रिल २८ मा स्ट्रिमिङ सुरु हुँदैछ । सोनीको आगामी फिल्म ‘लभ अगेन’मा उनी देखिँदैछिन् ।