२०८१ मंसिर ११ , मंगलबार

जोन्सन एन्ड जोन्सन कम्पनीले क्यान्सरसम्बन्धी मुद्दा सुल्झाउन ९ अर्ब डलर तिर्न तयार

सुनाखरी न्युज / जोन्सन एन्ड जोन्सन कम्पनीको बेबी पाउडरबाट क्यान्सर निम्त्याएको आरोप लागेका हजारौं मुद्दाको समाधान गर्न ९ अर्ब डलर तिर्न सहमत भएको छ ।अमेरिकी फार्मास्युटिकल कम्पनीले भनेको छ कि अझै पनि उसलाई यी आरोपहरू “देखावटी” लागिरहेका छन तर आशा छ कि रकमले कानूनी लडाई समाप्त गर्न मद्दत गर्नेछ ।

 

यसअघि कम्पनीले सम्झौताका लागि २ अर्ब डलर प्रस्ताव गरेको थियो । कम्पनीविरुद्ध करिब ४० हजार मुद्दा दर्ता छन् । जोन्सन एन्ड जोन्सनको ट्याल्कम पाउडर प्रयोग गर्दा क्यान्सर भएको आरोप लागेका पूर्व ग्राहकहरूले यी मुद्दा दायर गरेका हुन्।कतिपयले पाउडरमा त्यस्ता पदार्थ प्रयोग गरिएको पनि आरोप लगाएका छन , जसले क्यान्सर निम्त्याउँछ ।

 

कम्पनीले सन २०२० मा “भ्रामक जानकारी” लाई उद्धृत गर्दै अमेरिकामा आफ्नो ट्याल्कममा आधारित उत्पादनहरू बिक्री गर्न बन्द गरेको थियो।