२०८१ मंसिर ८ , शनिवार

कोरोना महामारीको अर्को लहरको जोखिम बढेको हो ? के भन्छन् विज्ञ ?

Corona

सुनाखरी न्युज/ काठमाडौं ।

कोरोना संक्रमितको संख्या दिनमै १०० हाराहारी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ चैतमा नेपालमा कोरोना संक्रमित नै भेटिएका थिएनन् ।

विज्ञहरूले भने यसलाई कोरोना संक्रमणको अर्को लहरको पूर्व संकेतको रूपमा हेरेका छन् । अहिले कोरोना संक्रमण नयाँ लहरको सुरुवाती चरणमा प्रवेश गरेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले बताए । ‘कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा तीव्र गतिमा फैलिरहेको छ । ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी.१.१६ सबैभन्दा बढी फैलिने भएकाले अबको तीन–चार हप्तामा संक्रमणले उच्चबिन्दु छुने आकलन गर्न सकिन्छ’, डा.अधिकारीले भने ।

 

अहिले नेपालमा ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी.१.१६ सबैभन्दा बढी सक्रिय छ । स्वास्थ्य मन्त्रालयका अनुसार चैत महिनामा संकलन गरिएका २४ वटा नमूनाको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनामा ओमिक्रोन भेरियन्ट एक्सबीबी.१.१६ नै पुष्टि भएको छ ।
एक्सबीबी.१.१६ हालसम्मकै संक्रामक मानिन्छ । जुन तीब्र गतिमा एक व्यक्तिबाट अर्कोमा सर्ने क्षमताको हुन्छ ।

कोरोनाभाइरसको हरेक नयाँ भेरियन्ट बढी संक्रामक हुने र भाइरस फैलिएको बेला त्यसले अरू सबै श्वास–प्रश्वासबाट फैलने जीवाणुलाई विस्थापित गर्दै जाने अर्का संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदी बताउँछन् ।

 

ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी.१.१६ बढी संक्रामक रहेका कारण रोग प्रतिरोधात्मक क्षमताले नियन्त्रण गर्न कठिन हुने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीको तर्क छ । उनका अनुसार नयाँ भेरियन्ट तुलनात्मक रूपमा कम घातक र बढी संक्रामक छ ।
पछिल्लो दिनमा नेपाल–भारतको प्रवेश बिन्दुमा संक्रमितको संख्या बढिरहेका कारण अर्को लहरको जोखिम रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास बताउँछन् । तर, अब आउने लहरले पार्ने प्रभावको बारेमा अहिले यकिन गर्न नसकिने डा. दासको भनाइ छ ।

नेपालमा अहिले नै कोरोना महामारीको अर्को लहर आउँछ कि आउँदैन भन्ने यकिन गर्न आगामी केही हप्ताको तथ्यांक हेर्नुपर्ने विज्ञहरू बताउँछन् । यद्यपि, भारतमा पनि संक्रमित संख्या बढ्दै गएकाले नेपालमा पनि सहज रूपमा फैलिने उनीहरु अनुमान गर्छन् ।

तीन सातामै १७ गुणा बढ्यो संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत मंगलबार एन्टिजेन र पीसीआर गरी १ हजार ११७ नमूना परीक्षण गर्दा ८० जनामा संक्रमण पुष्टि भयो । जुन कुल परीक्षणमध्ये ७.१६ प्रतिशत हो । १ चैतमा ९५० नमूना परीक्षणमा ४ जना ९०.४२ प्रतिशत० र २ चैतमा १ हजार १०१ नमूना परीक्षणमा शून्य संक्रमण थियो । तीन सातामै कोरोना संक्रमणको दर १७ गुणाले बढेको देखिन्छ ।

साप्ताहिक तथ्यांक विश्लेषण गर्दा नेपालमा कोरोनाभाइरसको संक्रमणदरसँगै सक्रिय संक्रमितको संख्या उकालो लाग्दै गएको छ । ९ चैतमा ३० सक्रिय संक्रमित रहेकोमा बिहीबारसम्म आइपुग्दा ३५८ पुगेको छ ।

ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी।१।१६ बढी संक्रामक रहेका कारण रोग प्रतिरोधात्मक क्षमताले नियन्त्रण गर्न कठिन हुने संक्रामक रोग विशेषज्ञ डा। प्रभात अधिकारीको तर्क छ । उनका अनुसार नयाँ भेरियन्ट तुलनात्मक रूपमा कम घातक र बढी संक्रामक छ ।

संक्रामक रोग विशेषज्ञ डा. सुवेदी पनि पहिलाका भेरियन्ट झैं एक्सबीबी.१.१६ पनि कडा नहोला भन्ने अनुमान गर्ने आधार रहेको बताउँछन् । कतिपय विज्ञहरू भने खोप लगाएको मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएकाले पनि संक्रमण फैलिने अनुमान लगाउँछन् । कोरोना विरुद्धको खोपको प्रभावकारिता ६ महिनाबाट क्रमशः घट्दै जाने र पहिला विकसित भएका खोपको प्रभावकारिता नयाँ भेरियन्टका लागि कम हुँदा संक्रमणले तीव्रता लिने देखिन्छ ।

विज्ञका अनुसार मानिसमा भाइरस संक्रमण भएपछि रोग प्रतिरोधात्मक क्षमता बन्छ । तर, भाइरसको नयाँ भेरियन्टले पुरानो भेरियन्टको रोग प्रतिरोधात्मक क्षमता छल्ने सामथ्र्य राख्छ । जसका कारण अर्को लहर देखिन्छ ।

 

नेपालमा अर्को लहर आउन सक्ने  आधार छ !

सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार एक्सबीबी.१.१६ ओमिक्रोनको हाइब्रिड भाइरस हो । यो ओमिक्रोन सब–भेरियन्टबाट मिसमास भएर विकसित भएको नयाँ सब–भेरियन्ट हो ।

कोरोना महामारीको पहिलो, दोस्रो, तेस्रो र चौथो लहरलाई विश्लेषण गर्दा भारतमा संक्रमण उच्च बिन्दुमा पुगेको एक महिनामा नेपालमा पनि संक्रमणको नयाँ लहर देखा परेको छ । भारतमा केही दिनदेखि कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । यही कारण नेपालमा निकट भविष्यमा संक्रमण फैलिन सक्ने विज्ञहरूको भनाइ छ ।

 

संक्रामक रोग विशेषज्ञ सुवेदी पटक–पटक कोरोना संक्रमणले मानिसमा दीर्घकालीन समस्या देखिने बताउँछन् । उनका अनुसार कोरोनाभाइरसले विभिन्न अंग र रोग प्रतिरोधी प्रणालीमा दूरगामी असर पार्ने धेरै प्रमाण देखिंदैछन् ।

अहिले सामान्य रुघाखोकी लाग्दा पनि जोखिम समूहमा भएकाहरूले चाहिं डाक्टरको परामर्श लिनुपर्छ । रुघाखोकी वा कोरोना नै हुँदा पनि विशेषगरी भीडभाडमा, अरूसँग निकट दूरीमा बस्नुपर्ने ठाउँमा वा बन्द कोठामा मास्क छोड्नुहुँदैन ।

त्यस्तै साबुनपानीले हात धुने, मास्क सही तरिकाले लगाउने गर्नुपर्छ । जटिल अवस्था नआओस् भनेर ६ महिना अगाडि खोप लगाएका मानिसले अनिवार्य रूपमा बुस्टर डोज लगाउनुपर्छ ।