सुनाखरी न्युज/ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार जना कर्मचारीविरुद्ध राजस्व हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
२०७२/०७३ मा मालपोत कार्यालय पर्साको प्रमुख रहेका प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरी विरुद्ध मुद्दा दायर गरिएको हो । पोखरेलविरुद्ध त्रियानब्बे लाख छैसठ्ठी हजार २ सय ९, विश्वकर्माविरुद्द १ लाख ४१ हजार ८ सय २५, लेखापाल चौधरी विरुद्ध ९५ लाख ८ हजार ३४ रुपया र गुप्ताविरुद्ध ९५ लाख ८ हजार रुपैंयाँ ३४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नायब सुब्बा मदनप्रसाद गुप्ता विरुद्ध अरु ६ वटा मुद्दा विशेष अदालतमा विचाराधीन छन् । उनीहरुविरुद्द जग्गाको लिखत रजिस्ट्रेसन पारितका क्रममा ग्राहकले तिर्ने राजस्वको रकम र विस्तृत विवरण हिनामिना गरेको आरोप लगाई मुद्दा दाउर गरिएको अख्तियारले प्रेस विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।