सुनाखरी न्युज/ काठमाडौं । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा पुन मतदान हुने भएको छ ।
सो मतदान अहिले २ प्रज्ञा प्रतिष्ठानमा हुने भएको महासंघले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । बुधबार सम्पन्न पहिलो चरणको निर्वाचनको मत परिणाम अनुसार रामचन्द्र संघाइ प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उता महासङ्घको उपाध्यक्षमा हेमराज ढकाल, सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ विजयी भएका छन् ।
त्यस्ते जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन् । त्रिपक्षीय प्रतिस्पर्धामा वैद्य ४३ मत ल्याएर विजयी भएका हुन् । यस्तै, अरुणराज सुमार्गीले ३७ तथा दिनेश श्रेष्ठले ३४ मत ल्याए ।