२०८१ मंसिर ५ , बुधवार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित, उमेशले गरे समर्थन

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो ।

पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी उमेशले ३१.७१ प्रतिशत मत पाएका थिए । ३०.४६ प्रतिशत मत पाएका रामचन्द्र संघाइ भने दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

 

तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो । अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा उमेशले समर्थन गर्ने सहमति जनाएपछि अञ्जन निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले अञ्जनलाई औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषण गर्न भने बाँकी छ ।