२०८१ मंसिर १३ , बिहिवार

३२ लाख लुटेर फरार भएका चारजना पक्राऊ

सुनाखरी न्युज/झापा । सस्तोमा जग्गा मिलाइ दिने भन्दै ३२ लाख रकम लुटेर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको चैत ३० गते अर्जुनधारा ११ विर्तामोड बसपार्क नजिकै दुई कठ्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएका बिष्णुमाया सापकोटा सुवेदी र अनिल विश्वकर्माले साथमा लिएर आएको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएका थिए ।

 

प्रक्राउ पर्नेमा रामेछाप देउराली घर भई हाल भक्तपुर बस्ने बर्ष ३९ का राजेश श्रेष्ठ, पाँचथर मिक्लाजुङ्ग घर भई काठमाण्डौं बस्ने बर्ष ५२ का जनक रेग्मी इलामबाट पक्राउ परेका छन् । यस्तै मोरङ्गको वेलबारी घर भई मेचिनगर बस्ने ५५ बर्षीय रणबहादुर पोख्रेल र कमल गाऊँपालिका झापाका ५२ बर्षीय विजय राई पक्राऊ परेका छन् ।

 

पक्राउ परेकाहरुको साथबाट २७ लाख ६५ हजार रुपयाँ समेत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।