२०८१ पुष २९ , सोमवार

एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे भव्य रुपमा सम्पन्न

सुनाखरी न्युज/काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिवार काठमाडौंको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सवपर्पल स्याटर्डेभव्य रुपमा सम्पन्न भएको छ ।

“नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम”भन्ने नाराका साथ यो महोत्सवआयोजनागरिएकोथियो ।नेपालउद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँगमहासंघको विषेश सहकार्य र मुख्यप्रायोजनमा यो महोत्सवआयोजनागरेको हो ।

संस्कृति, पर्यटन तथानागरीक उड्यनमन्त्रि सुदन किराती, नेपालउद्योग वाणिज्य महासंघका अध्यक्षचन्द्र ढकाल, नेपालउद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षअञ्जनश्रेष्ठ,एनसेलकाप्रमुखकार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) का पदाधिकारीहरुले संयुक्त रुपमामहोत्सवको उद्घाटन गरेकाथिए ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, सानातथामझौलाउद्यमएवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपालीउत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने, काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिप्रवद्र्धन एवं संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मुल उद्देश्य रहेको थियो ।

काठमाडौं उपत्यकाभित्रका संस्कृतिझल्कने प्रस्तुतीका साथमहोत्सवको औपचारिक शुभारम्भ विहान ११ः०० बजे देखि सुरु भएको थियो । गीतसंगितका साथै विभिन्नमनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सवआयोजनागरिएको क्षेत्रमाविविध रमाइलागतिविधिहरु सहित यो महोत्सवउत्साहका साथ बेलुका ९ बजेसम्म आयोजनागरिएको थियो । कार्यक्रम सुरु भए देखि बेलुका सम्म १लाख५० हजार भन्दा बढि मानिसहरुले महोत्सवमा भाग लिएकाथिए ।

यस महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरुले आ–आफनाप्रस्तुति रहेकाथिए । कुटुम्ब, दिपकबज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेलो बत्तिमुनी, त्रिशाला गुरुङ, आविस्कार केसी, रोहितशाक्य, सिङ्क्रोनस, लाहुरे र दिएलिमेन्टस्ले उपस्थितदर्शक तथाआगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । यसका साथै महोत्सवमाशारिरीक रुपमाभिन्नक्षमताभएकाउद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिलाउद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका पनिप्रर्दशनीमा राखिएका थिए ।

बालबालिकाका लागि विभिन्न आकर्षक गेमहरु सहित छुट्टै किडस् जोनको विषेश व्यवस्थागरिएको थियो भने विभिन्न नेपालीखानाका परिकारहरु र स्वदेशीउत्पादनहरुको विषेश प्रदर्शन÷प्रस्तुतिका स्टलहरु महोत्सवको आकर्षणमा रहेकोथियो । यसैगरी महोत्सवमा भिडिओ गेमकापारखीहरुकालागिअनलाइन गेमिङ् प्रतियोगिता पनि संचालन गरिएको थियो । महोत्सवमा आउने सबैका लागि फोटो तथा भिडियो बनाउन टिकटक बुथ र डिजे बुथपनि राखिएका थिए ।

 

महोत्सवकाठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डको विषेश सहयोगमाआयोजनाभएको हो । सह–प्रायोजकमाकाल्र्सबर्ग र अन्य सहयोगी संस्थामाकुनु नेपाल र एनडीज् आइसक्रिमरहेका थिए। पछिल्लो पटक देखिएको तरलता संकट लगायतविविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चांडोभन्दा चांडो पुनरुत्थान, नवउत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमामहोत्सवले यो प्रयासमानिकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको रहेको छ ।